coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेश २ सरकारमा माओवादी केन्द्र सहभागी हुँदै

शनिबार दिउँसो ३ बजे सपथ ग्रहण

नेकपा (माओवादी केन्द्र) प्रदेश २ सरकारमा सहभागी हुने भएको छ। एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र शनिबार प्रदेश सरकारमा सहभागी हुँदैछ।

शुक्रबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र सांसद रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको प्रमुख सचेतक दिलीपकुमार साहले जानकारी दिए।

संसदीय दलका नेता साह महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन् भने सप्तरीकी कर्ण समानुपातिक सांसद हुन्। साह र कर्णले शनिबार दिउँसो ३ बजे मन्त्री पदमा शपथ लिन लागेको सचेतक साहले बताए ।

माओवादीले सरकारमा सहभागी हुने मन्त्रीको छनोट गरे पनि मन्त्रालयको टुंगो लाग्न सकेको छैन। सचेतक साहका अनुसार अर्थ वा कृषि मन्त्रालय मध्ये मन्त्रालय पाउने निश्चित छ। 'हामीले यही मन्त्रालय पाउनुपर्छ भनेर सर्त राखेका छैनौं', उनले नागरिकसँग भने,‘जसपासँग भएको मन्त्रालय पाउने गरी हामी सरकारमा सहभागी हुन लागेका छौं।’  

जसपा उपेन्द्र यादव पक्षले महन्थ ठाकुर समूहका मन्त्रीलाई हटाई कांग्रेसलाई तीन मन्त्रालय दिएर जेठ २६ गते सरकारमा ल्याइसकेको छ। माओवादीलाई पनि त्यही बेला सरकारमा ल्याउने भनिए पनि मन्त्रालय टुंगो नलाग्दा त्यस बेला सरकारमा सहभागी हुन सकेका थिएनन्। त्यो बेला माओवादी केन्द्रले जसपासँग दुई क्याबिनेट मन्त्री दिनुपर्ने अडान राखेका थिए। जसमा जसपा सहमत हुन सकेको थिएन। 

अहिले एक मन्त्री र एक राज्यमन्त्री लिएर माओवादी केन्द्र सरकारमा आउनुलाई राजनीतिक जानकारले केन्द्रको राजनीतिक पराकम्पको रुपमा लिएका छन्। केन्द्रीय सत्ता समिकरणको प्रभावका कारण माओवादी केन्द्र प्रदेश सरकारमा सहभागी हुन पुरानो अडान छाडेको जानकार बताउँछन्।

प्रकाशित: १ श्रावण २०७८ १४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App