८ वैशाख २०८१ शनिबार
राजनीति

जसपा अब कता ?

दुई धारमा बाडिएको जनता समाजवार्दी पार्टी सर्वोच्चको फैसला पछि पनि अलग अलग बाटोमा जाने भएको छ। फैसलापछि जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष सरकारमा सहभागी हुने भएको छ, महन्थ ठाकुर पक्ष भने विपक्षमा जाने भएको छ।  

फैसलालगत्तै विपक्षी गठबन्धनले गरेको बैठकमा सहभागी हुन जसपाका अध्यक्ष उपेन्द्र यादवसहित यादव पक्षका नेताहरू कोटेश्वर पुगेका थिए। यता ठाकुर पक्षका नेताहरू पार्टी कार्यालय बबरमहलमा अनौपचारिक बैठक गरी सर्वोच्चको फैसलालाई अप्रत्यशित भएको प्रतिक्रिया दिएका छन्।  

जसपाका अध्यक्ष यादवले सर्वोच्चको फैसला ऐतिहासिक भएको भन्दै फैसलाले मुलुक, लोकतन्त्र र संविधानको रक्षा गरेको बताए। यादव पक्षका नेता तथा पूर्वसमाजवादी पार्टीका महासचिव रामसहाय यादवले सर्वोच्चको फैसलापछि ५ दलीय गठबन्धन सहभागी भएको राष्ट्रिय स्वरूपको सरकार बन्नुपर्ने र उक्त सरकारले मुलुकलाई लोकतान्त्रिक बाटोमा अघि बढाउनुपर्ने बताए। 

‘संविधानमा देखिएका कमी कमजोरीहरूलाई अब सच्च्याउनु पर्छ,’ यादवले भने। यादव पक्षका अर्का नेता इस्तियाक राईले पनि सर्र्वोच्चको फैसलाललाई स्वागत गरे। यादव पक्षका नेताहरूले सोमबार साँझ अनौपचारिक बैठक गरेका थिए।  

ठाकुर पक्षका नेता तथा कार्यकारिणी समितिका सदस्य केशव झाले भने फैसला अप्रत्यशित भएको बताए। ‘संविधानले नै संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्चलाई दिएको छ। त्यसैले सर्वोच्चको फैसला मान्नुबाहेक अर्को विकल्प छैन।’ आफूहरू सरकारमा सहभागी नहुने झाले प्रष्ट पारे। 

प्रकाशित: २९ असार २०७८ ०२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App