coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कार्यदलको सहमतिप्रति नेपालको प्रतिक्रियाः आफ्नो मान्यता र हस्ताक्षरमा दृढ छु

वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिप्रति प्रतिक्रिया दिएका छन्।  

पार्टी एकता जोगाउँदै कार्यदलले सहमति गरेलगत्तै प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित रहेको जनाएका छन्। आज सामाजिक सन्जालमार्फत आफू आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पारेका हुन्।

'हिजो राती नेकपा (एमाले) को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ। यो व्याख्या गलत र अस्वीकार्य छ', उनले लेखेका छन्।,  

अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या  मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा (एमाले) का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु।

प्रकाशित: २८ असार २०७८ ०१:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App