१६ चैत्र २०८० शुक्रबार
राजनीति

'वडा सभापतिहरुलाई सदस्यता फारमै नदिइ क्षेत्रीय सभापतिले सदस्यता थपे'

पत्रकार सम्मेलनमा बारा निर्वाचन क्षेत्र नम्बर २ का १३ जना वडा सभापति र काँग्रेसका जिम्मेवार कार्यकर्ताहरुले क्षेत्रका नविकरण गरिएका र नयाँ थपिएका सदस्यता खारेजीको माग गर्दै गरेका।

नेपाली काँग्रेस बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिले वडामा नयाँ सदस्यता थप्न र पुरानोको नवीकरण गर्न फारम नदिएको आरोप लगाएका छन्।

क्षेत्रीय उपसभापति र १३ जना वडा सभापतिहरुले शुक्रबार कलैयामा पत्रकार सम्मेलन गरी क्षत्रीय सभापति रामप्रवेश यादवले वडा सभापतिहरुलाई सदस्यता फारम नदिएर आफै किर्ते गरी नयाँ सदस्यता थपेको र र पुरानो सदस्यता नवीकरण गरेको आरोप लगाएका हुन्।

काँग्रेसको विधान अनुसार केन्द्रबाट आएको सदस्यता फारमहरुलाई जिल्ला पार्टी सभापतिबाट बुझेर क्षेत्रीय सभापतिले वडा सभापतिहरुलाई जिम्मा लगाउनु पर्ने र वडा समितिबाट निर्णय भएर आएकाहरुको सदस्यता थप्नुपर्ने वा नवीकरण गर्नुपर्ने नियम भए पनि निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिले वडा सभापतिहरुलाई विधानले दिएको अधिकार समेत प्रयोग गर्न काँग्रेस पार्टीलाई कमजोर बनाउनेहरुकै सदस्यता थपिएको र पुरानो नवीकरण गरिएको आरोप पत्रकार सम्मेलनमा वडा सभापतिहरुले लगाएका छन्।

२ नम्बर क्षेत्रमा रहेका ४४ वटा वडा सभापतिहरुलाई क्षेत्रीय सभापतिले काँग्रेसको विधानअनुसार नयाँ र नवीकरण सदस्यता दिएर वडा समितिबाट निर्णय गराउनुको सट्टा वडा सभापतिहरुको नक्कली हस्ताक्षर गरेर नयाँ सदस्यता थपिएको र पुराना सदस्यहरुको नवीकरण गरिएको आरोप पचरौता नगरपालिका वडा नम्बर १ का सभापति शिवनारायण सिँहले लगाए।  

पत्रकार सम्मेलनमा महासमिति प्रतिनिधि रहेका राजेश रौनियारले क्षेत्रीय सभापति रामप्रवेश यादवले केन्द्रीय सदस्य तथा २ नम्बरका पार्टीका प्रत्यक्षी राधेचन्द यादवले वडा सभापतिहरुलाई नयाँ र पुराना सदस्यता फारम नै नदिएर तानाशाही तरिकाले काँग्रेसको सदस्यता ईन्ट्री गरेको आरोप लगाए।

प्रकाशित: २५ असार २०७८ १२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App