coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्थानीय तहमा काँग्रेसको अधिवेशन चहलपहल बढ्यो

सर्वसहम्मत नेतृत्व चयनको प्रयास

यहाँको सुनकोसी गाँउपालिकाको अधिवेशन सम्बन्धमा छलफल गर्न बसेको बैठकमा सम्बोधन गर्दै काँग्रेस जिल्ला सभापति उज्ज्वलप्रसाद बराल। तस्बिर:अनिल /नागरिक

नेपाली काँग्रेसको आगामी चौधौं महाधिवेशनको चहलपहल स्थानीयतहबाट सुरु भएको छ। काँग्रेस केन्द्रिय समितिले गरेको निर्णय अनुसार चौधौ महाधिवेशन हुने भएपछि जिल्ला तथा गाँउगाँउमा नेपाली काँग्रेसको अधिवेशनको चहलपहल सुरु भएको हो।  

यहि श्रावण १२ गते वडा तथा श्रावण १६ गते गाँउ नगरको अधिवेशन हुने भएपछि गाँउ नगरमा चहलपहल बढेको छ। गाँउ नगरबाट क्रियाशिल सदस्यता लिएर काठमाडौं लगायत विभिन्न शहरमा बस्ने नेता तथा कार्यकर्तासमेत गाँउ पस्न थालेका छन्। काँग्रेसको चौधौं महाधिवेशनको अधिवेशनको तयारीमा काँग्रेस सिन्धुली लागेको नेपाली काँग्रेसका जिल्ला सभापति उज्ज्वलप्रसाद बरालले बताए। उनले क्रियाशिल सदस्यता वितरण गर्ने काम जिल्लामा सकिएकाले केन्द्रिय कार्यालयमा बुझाउन आफुहरु गएको बताए।  

गाँउ तथा वडामा सकेसम्म अधिवेशन सर्वसहम्मतीकै आधारमा गर्ने प्रयासमा गाँउस्तरका नेताहरु समेत लागि परेका छन्।  यहाँको काँग्रेस सुनकोसी गाँउपालिकाले सर्वसहम्मत नेतृत्व चयन गर्नका लागि छलफल चलाउन सुरु गरेको छ। सकेसम्म हामी सर्वसहम्मतनै गराउछौं, सुनकोसी गाँउसभापति चन्द्र श्रेष्ठले भने, त्यसैका लागि हामीले बैठक बोलाएर पारम्भिक चरणको छलफल गरिसकेका छौ। उनले वडास्तरमा अधिबेशन सफल पार्न समेत वडासभापतिहरुसँग छलफल गरिएको बताए।  

नेपाली काँग्रेसका चौधौ महाधिबेशनको यहि आउदो श्रावण १२ गते वडा अधिवेशन, १६ गते गाँउ नगर अधिबेशन, २० गते प्रदेश सभा क्षेत्रिय अधिवेशन र २३ गते क्षेत्रिय तथा जिल्ला अधिवेशन हुने नेपाली काँग्रेसका जिल्ला सचिव कृष्णप्रसाद दाहालले जानकारी दिए। केन्द्रिय तालिका अनुसारनै सबै अधिबेशन सम्पन्न गर्ने गरि जिल्ला कार्यसमिति तथा गाँउ नगर कार्यसमितिले बैठक राखि छलफल चलाएको उनले बताए। अहिलेको विधान अनुसार काँग्रेसका क्रियाशिल नेताहरु गाँउ नगर सबैमा अटाउने धेरै पदहरु भएकाले सबैलाई समेट्न सकिने नेपाली काँग्रेसका अर्का सचिव दिपक घिमिरेले बताए। स्थानिय तहको निर्वाचन पनि महिनापछि हुने भएकाले त्यसलाई पनि ध्यान दिएर अधिबेशन सर्वसहम्मत सकेसम्म सम्पन्न गर्नुपर्ने उनले बताए। 

प्रकाशित: २३ असार २०७८ ०५:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App