८ वैशाख २०८१ शनिबार
राजनीति

'देशभित्र रोजगारीका अवसरहरु सृजना गर्दै छोराछोरीलाई विदेश पठाउने काम रोक्नु पर्छु'

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र रोजगारीका अवसरहरु सृजना गर्दै छोराछोरीलाई विदेश पठाउने काम रोक्नु पर्ने बताएका छन्। सप्तरीको राजविराजमा बन्न लागेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको मंगलबार भुर्चअल शिलान्यासपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्ताे बताएका हुन्। सबै थरी जनता मिलेर नै देशको विकास गर्नु प्रमुख कर्तब्य भएको बताउँदै उनले भने, 'अब देशभित्र रोजगारीका अवसरहरु सृजना गर्दै छोराछोरीलाई विदेश पठाउने काम रोक्नु पर्छु।' 

थुप्रै ऐतिहासिक महत्व बोकेको सप्तरी अब उप्रान्त पछाडी परेको जिल्लाका रुपमा नरहने प्रधानमन्त्रीले बताए। उनले प्रतिष्ठान सप्तरीमा आजसम्म बनेका विकास परियोजना मध्ये सर्वाधिक ठूलो परियोजना बन्न जाने बताए। प्रतिष्ठानको स्थापनासँगै जिल्लामा स्तरीय चिकित्सा शिक्षाको अवसरका साथै अन्य आर्थिक गतिविधि तीव्र हुने धारणा पनि प्रधानमन्त्रीको थियो।  

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा हुलाकी राजमार्गको कुरा अघि बढाएको र निकट भविष्यमा सञ्चालन हुने पूर्वपश्चिम रेल र निर्माणाधीन सुनकोशी मरिन डाइभर्सनले सप्तरीमा समृद्धिका आयाम थप गर्ने भनाइ प्रधानमन्त्रीको थियो।  

प्रदेश २ को राजनीतिक समीकरणतर्फ संकेत गर्दै प्रधानमन्त्रीले राजनीतिक विचार आआफ्ना हुने भए पनि एक अर्का प्रति सहिष्णु हुँदै जनताका साझा समस्याको मिलेर समाधान गर्नुपर्ने पनि बताए। सप्तरीको पश्चिमी क्षेत्रमा सुनकोशी मारिन डाइभर्सनले सिँचाइको सुविधा पुर्‍याउने पनि प्रधानमन्त्रीले उल्लेख गरे।

सप्तरीका जनतालाई कुनै पनि किसिमको साम्प्रदायिक वा क्षेत्रीय भावना लिएर बेमेलको भाव नराख्न आग्रह गरे। हामी बीचमा रहेका विविधता सम्पत्ती भएकोले त्यसलाई मनमुटाव वा द्वन्द्वको विषय नबनाउन पनि उनले आग्रह गरे।

सप्तरीको राजविराजमा बन्न लागेको प्रतिष्ठानबाट सप्तरीसहित तराईका १० जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका जनताले समेत स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।

प्रकाशित: २२ असार २०७८ १०:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App