७ वैशाख २०८१ शुक्रबार
राजनीति

माधव पक्षको सहभागिताबिनै एमालेको केन्द्रीय कमिटीको बैठक सुरु

माधव नेपाल पक्षको सहभागिता बिनै नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ। नेपाल निकट नेताहरुले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठक रोकेर एकताको पहल गर्न आग्रह गरेपनि बैठक सुरु भएको हो।  

बालुवाटारमा टेन्ट टांगेर राखिएको  वैठकमा माधव नेपाल पक्षकोभने सहभागिता छैन। बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम र हालै केन्द्रीय कमिटीका राखिएका पूर्व माओवादी नेताहरुको भने सहभागिता रहेको छ।  

अध्यक्ष ओलीले बोलाएको बैठक अगाडि बालुवाटार पुगेका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यले बैठक रोकेर माधव नेपालसँग कुरा गर्न आग्रह गरेका थिए।

प्रकाशित: १८ असार २०७८ ०७:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App