८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस महामन्त्री खड्काद्वारा ५० लाख बढीको स्वास्थ्य सामग्री सहयोग

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले गृह जिल्ला सुर्खेतमा ५० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन्।महामन्त्री खड्काले कर्णाली प्रदेश अस्पतालसहित ५४ स्वास्थ्य संस्था र नौ वटा पालिकाहरुलाई स्वास्थ्य सामग्रीहरु पठाएका हुन्।

शुक्रबार पठाइएका सामाग्रीहरु कर्णाली प्रदेश अस्पताल र प्रदेश आयुर्वेद औषधालयलाई हस्तान्तरण गरियो।लगानी पूर्वाधार, रोजगार दृष्टिकोण एवम् दीगो परियोजना केन्द्रीय विशेष समितिका सदस्य एवम् महामन्त्री खड्काका प्रतिनिधि विष्णुबहादुर खड्काले प्रदेश अस्पताल सुर्खेतलाई १० थान ७२ किलोको जम्बो अक्सिजन सिलिण्डर, आठ थान अक्सिजन फ्लोमिटर, १० लिटरको अक्सिजन कन्सन्ट्रेटर एक थान, सात हजार पाँच सय पिस माक्स, छ जर्किन सेनिटाइजर, पाँच थान पल्स अक्सिमिटर र १० जोर पिपिई सेट हस्तान्तरण गरे।  

महामन्त्री खड्काकै पहलमा प्रदेश अस्पताललाई नेपाल चिकित्सक संघमार्फत् प्राप्त १० लिटर क्षमताको दुई थान अक्सिजन कन्सन्ट्रेटर र चौधरी फाउण्डेशनद्वारा प्रदान गरिएको दुई थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको थियो। प्रदेश आयुर्वेद औषधालयलाई ७२ किलो जम्बो अक्सिजन सिलिण्डर १५ थान, १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर दुई थान, सात हजार पाँच सय पिस माक्स, पाँच हजार एमएलका १० जर्किन सेनिटाइजर, १० थान अक्सिजन फ्लोमिटर र १० थान पल्स अक्सिमिटर हस्तान्तरण गरिएको छ।

यस्तै नेपाल चिकित्सक संघमार्फत् प्राप्त १० लिटर क्षमताको दुई थान अक्सिजन कन्सन्ट्रेटर र चौधरी फाउण्डेशनद्वारा प्रदान गरिएको दुई थान अक्सिजन कन्सन्टे«टर पनि आयुर्वेद औषधालयलाई हस्तान्तरण गरिएको थियो।

महामन्त्री खड्काले ७५ थान अक्सिजन सिलिन्डर, नौ थान अक्सिजन कन्सन्ट्रेटर, पाँच हजार एमएलका दुई सय जर्किन सेनिटाइजर, ४८ थान अक्सिजन फ्लोमिटर, २२ हजार छ सय पिस माक्स, ८४ थान पल्स अक्सिमिटर र १० पिस पिपिई सेट सुर्खेतका लागि उपलब्ध गराएका हुन्।

यी स्वास्थ्य सामाग्रीहरु कर्णाली प्रदेश अस्पताल, मेहलकुना अस्पताल, कर्णाली प्रदेश आयुर्वेद अस्पताल र मैनतडा आयुर्वेद अस्पतालका साथै ४७ वटा स्वास्थ्य चौकी, तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र र नौ वटा पालिकाहरुलाई वितरण गरिने छ।  

स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति लालबीर भण्डारी, प्रदेश सभापति कर्णबहादुर बुढा, स्वास्थ्यकर्मी संघ सुर्खेतका अध्यक्ष उदयबहादुर थापालगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: ११ असार २०७८ १३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App