१६ चैत्र २०८० शुक्रबार
राजनीति

कर्णाली प्रदेशसभाको बाह्रौँ बैठक चल्न सकेन

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशनको बाह्रौँ बैठक आज पनि चल्न सकेन। असार १ गते यता चारपटक स्थगित भएको सदन आज सुरु भएलगतै नेकपा (एमाले)ले अवरोध गरेको थियो। बैठक आरम्भ भएसँगै एमाले प्रदेशसभा दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहले असार १ गते बजेट प्रस्तुत गरेको १० दिन बितिसके पनि सरकारले संसद्को गाम्भीर्यता नबुझेको बरु सरकार प्रमुख मुख्यमन्त्रीले एमालेभित्रको आन्तरिक किचलोले संसद् चल्न नसकेको भ्रम छरेको भन्दै उनीप्रति रोष प्रकट गरे।

एमालेको सांसदहरूको कारण संसद् अवरुद्ध नभएको प्रष्ट्याउँदै सचेतक शाहीले भने, “एमालेको राजनीतिक मुद्दा संसद्मा राख्दा सरकारले सुनुवाइ गरेन। फरक परिस्थितिमा मन्त्री भएकाले सर्वोच्च अदालतले पुनर्बहाली गरिसकेपछि एमालेको दलको सदस्यको रूपमा उपस्थिति हुन गरेको निर्देशन सरकार र सदनले लागु गरेन।”

सचेतक शाहले सरकारले स्थानीय तहमा समपूरक, समानीकरण, विशेष अनुदान घटाएको तर सशर्त अनुदान प्रदेशको पैसा भएकाले बढाएर रु एक अर्ब २९ करोड ९९ लाख पुर्‍याएको र कार्यकर्ता भरणपोषण गर्नका लागि योजना बाँडेको टिप्पणी गरे। अवरुद्ध बैठक अगाडि बढ्न नसकेपछि सभामुख राजबहादुर शाहीले यही १३ गते दिउसो २ः०० बजेसम्मका लागि स्थगित भएको जानकारी दिए। रासस

प्रकाशित: ११ असार २०७८ १२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App