७ वैशाख २०८१ शुक्रबार
राजनीति

मौलापुरमा नगरसभाको विषयलाई लिएर झडप, एक प्रहरी घाइते

रौतहटको मौलापुर नगरपालिकाको नगरसभाको विषयलाई लिए भएकाे झडप। तस्बिर: नागरिक

रौतहटको मौलापुर नगरपालिकाको नगरसभाको विषयलाई लिएर दुई पक्षबीच दोहोरो झडप भएको छ।  

झडपको क्रममा प्रहरीले एक दर्जन बढी अश्रुग्यास प्रहार गरेको छ। झडपमा एक प्रहरी घाइते भएका छन्। केही प्रदर्शनकारी पनि घाइते भएका छन्। झडप सुरु भएपछि मौलापुर बजार बन्द गरिएको छ।  

मौलापुर नगरपालिकाको नगरपरिषद्मा कडा सुरक्षा अपनाइएको छ।  प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले मौलापुरको स्थिती खराब भएपछि नियन्त्रणमा लिन सुरक्षाकर्मीले केही थान अश्रुग्यास प्रहार गरेको बताए।

प्रकाशित: १० असार २०७८ ०६:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App