७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस भक्तपुरद्वारा ३ लाख ५१ हजारसहित राहत सामग्री सहयोग

नेपाली कांग्रेस भक्तपुरले सिन्धुपाल्चोकको बाढी पीडितको सहयोगार्थ नगद तथा राहत सामग्री सहयोग गरेको छ। पार्टी कार्यालयमा मंगलवार आयोजित कार्यक्रममा जिल्ला सभापति दुर्लभ थापाले नगद ३ लाख ५१ हजारसहित विभिन्न सामग्री नेपाली कांग्रेस केन्द्रीय विपत व्यवस्थापन समितिका संयोजक मोहनबहादुर बस्नेतलाई हस्तान्तरण गरे।  

राहत सामग्रीमा चामल २ हजार ४७५ केजी, सोयाविन २ सय प्याकेट, चिउरा, दाल, आलु, तेल, नुनलगायतका खाद्यान्न, लत्ताकपडा, औषधिलगायत छन्।

सो अवसरमा नेता बस्नेतले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु जाने सडक सञ्जाल बाढीले विच्छेद गरेकोले हेलिकप्टरमार्फत् सहयोग रकम बुधबार पिडितहरुलाई वितरण गर्ने जानकारी दिए। नेपाली कांग्रेस भक्तपुरले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा बाढीले ठूलो जनधनको क्षति गरेपछि सहयोगको लागि राहत सामग्री र नगद संकलन गरेको नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ सभापति जीवन खत्रीले बताए।  

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति नारायणभक्त खायमलीले जिल्ला सभापतिको निर्देशनमा, उपसभापति हरि प्रसाद नेपालको संयोजनमा दुवै क्षेत्रीय सभापति, नेपाली कांग्रेस बागमति प्रदेश संसदिय दलका उपनेता एवम् सांसद कृष्णलाल भँडेललगायतको सक्रियतामा राहत तथा नगद संकलन गरिएको जानकारी दिए।

प्रकाशित: ८ असार २०७८ १३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App