coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण

सत्तारुढ नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आज काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा निर्माणाधीन विभिन्न विकास योजनाको निरीक्षण गरेका छन्।  

काठमाडौं निर्वाचन क्षेत्र नं ५ बाट यसअघि निर्वाचित पोखरेलले सो नगरपालिकाको वडा नं ६ को च्यासिडोलपार्क र धरमपुर बस्ती, वडा नं ७ मा रहेको पानचोक सामुदायिक भवन र हेपाली सडक ढलानलगायत विकास योजनाको जानकारी लिएका हुन्। निरीक्षणका क्रममा पूर्वउपप्रधानमन्त्री पोखरेलले स्थानीयवासीसँग अन्तरक्रिया गरेका थिए।  

नेता पोखरेलले केही दिनअघि बूढानीलकण्ठ(४ र ६ मा भइरहेका विभिन्न विकास योजनाको पनि निरीक्षण गरेको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।

प्रकाशित: ४ असार २०७८ १४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App