coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश १ : नीति तथा कार्यक्रम ‘झुटको पुलिन्दा’

प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम झुटको पुलिन्दा भएको विपक्षी सांसदहरूले टिप्पणी गरेका छन्। शुक्रबार देखि प्रदेश १ को प्रदेशसभामा सुरू भएको  छलफलमा भाग लिने सांसदहरूले नीति तथा कार्यक्रम झुटको पुलिन्दा मात्रै भएको टिप्पणी गरेका हुन्।

सांसद केदार कार्कीले एउटै कार्यक्रम सरकारले पटक–पटक दोहोर्‍याइरहेको आरोप लगाए। उनले पुरा नहुने नीति कार्यक्रम सरकारले पटक-पटक दोहोर्‍याइरहेको भन्दै राष्ट्रपति आमा सम्मान कार्यक्रम मात्रै हैन प्रधानमन्त्री बा सम्मान कार्यक्रम पनि ल्याउन सुझाव दिए। प्रधानमन्त्री ओलीलाई सबैले बा भन्ने गरेको भन्दै कार्कीले बा सम्मान चाहिँ किन नल्याएको भन्दै प्रश्न गरे।

कार्कीले प्रदेशसरकारले ल्याएको  नीति तथा कार्यक्रम आश्वासनको पोको र बुख्याँचा मात्रै भएको आरोप लगाए। ‘सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न खर्बौं रुपैयाँ बजेट चाहिने  भन्दै कार्यान्वयन नहुने कार्यक्रम ल्याएर जनता झुक्याउन खोजेको छ ’ कार्कीले भने। उनले  झुटको पुलिन्दा बोकेर कोरा शब्द कोरेर कागजमा पनि कमीसन खान किताब नछाप्न  र कार्यान्वयन गर्नसक्ने यथार्थमा आधारित नीति कार्यक्रम ल्याउन आग्रह गरे। संघियता खारेज गर्ने उद्देश्यले कार्यान्वयन नै नहुने नीति कार्यक्रम सरकारले ल्याएको कार्कीको दाबी छ।

सांसद उमिता विकले सरकारले ल्याएको नीति कार्यक्रम जनतालाई आश्वासन बाँड्न मात्रै ल्याइएको बताइन्। उनले नाराले भरिभराउ नीति कार्यक्रम विगतमा पनि आएको तर, कार्यान्वयनमा नगएको टिप्पणी गरिन्। ‘ सरकारले सस्तो लोकप्रियताका लागि मात्रै नीति कार्यक्रम ल्याउने गरेको छ ’ विकले भनिन्। सांसद प्रतापप्रकाश हाङ्नाङले बजेटमा भुसुना देखि हात्तीसम्म सबै समावेश भएको बताए। 

उनले पर्खाल लगाउन नसके पनि सीमानामा तारबारलगाउने व्यवस्था गर्न माग गरे। अर्काले सीमाना मिच्यो भन्नु भन्दा आफ्नो सीमानामा तारबार गर्नु उपयुक्त हुने धारणा राखे।  छलफलमा सांसदहरू विमल कार्की, रामकुमार राई, शिवनारायण सिंह, सुयर्माराज राईलगायतले भाग लिएका थिए।

प्रकाशित: २८ जेष्ठ २०७८ ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App