१५ चैत्र २०८० बिहीबार
राजनीति

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम : स्वास्थ्य र कृषि क्षेत्रमा प्राथमिकता

सुदूरपश्चिम प्रदेश प्रमुख गंगा प्रसाद यादवले सुदूरपश्चिम प्रदेश सरकारको तर्फवाट आर्थिक वर्ष २०७८/२०७९ को नीती तथा कार्यक्रम बिहीबार प्रदेश शभा बैठकमा प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि  क्षेत्रलाई बढी प्राथमिकता दिइएको छ । यसैगरि प्रदेश सरकारको नीती तथा कार्यक्रममा विगतका वर्षमा जस्तै पर्यटन, जलश्रोत, पुर्वाधार विकास, खानेपानीका कार्यक्रम, युवाहरुलाई रोजगारीमुलक कार्यक्रम, खेलकुद, सामाजिक न्याय, समानता, विभेद र कुप्रथा अन्त्य गर्ने लगायतका कार्यक्रममा पनि जोड दिइएको छ ।

कोराना महामारीको रोकथाम, नियन्त्रण तथा उपचारका कार्यक्रमलाई उच्च प्राथमिकतामा राखिने र त्यसका लागी आवश्यक श्रोत र साधनको प्रवन्ध गरिने निती तथा कार्यक्रममा उल्लेख छ । प्रदेश सरकारले नागरिकलाई कोराना खोपको व्यवस्था मिलाउने भनिएको छ ।

‘महिला तथा नवजात शिसुलाई स्वास्थ्य सुरक्षा प्रदान गर्न प्रादेशिक प्रस्तुती अस्पताल र वाल अस्पताल स्थापना गरिने छ’नीति तथा कार्यक्रम वाचन गर्दै प्रदेश प्रमुख यादवले भने । प्रदेश निजामती अस्पताल स्थापना गरिने , सेती प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल स्थापना गर्न संभाव्यता अध्ययन गरिने, सेती, महाकाली र टीकापुर अस्पताललाई विशिष्टकृत सेवा दिने अस्पतालका रुपमा विकास गर्ने, पहाडी जिल्लामा प्रदेश निर्वाचन क्षेत्र स्तरीय अस्पताल स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कोरानाका कारण वैदेशिक रोजगार गुमाएर फर्किएका युवालाई उद्योग व्यवसाय गर्न स्वरोजगार कोष मार्फत सहुलियत कर्जा प्रदान गरिने कार्यक्रमलाई निरन्तरता दिइने छ । प्रदेशको समग्र वस्तुस्थिति झल्किने गरी पाश्वचित्र तयार गरिने, शासकीय सुधार तथा सुशासन प्रर्वद्धन गर्न प्रदेश स्तरीय सुशासन प्रर्वद्धन उनले बताए ।  

औद्योगिक व्यवसाय प्रवर्धनका लागी न्युन व्याजदारमा ५० लाख सम्म ऋण उपलब्ध गराइने, दुर्गम क्षेत्रमा जनसहभागिता आधारित विकास सँग रोजगारी कार्यक्रम संचालन गरिने, देवभुमी सुन्दर भुमी सुदूरपश्चिम घुम्न जाउँ नारासहित पर्यटन प्रवर्धनका कार्यक्रम संचालन गरिने निती तथा कार्यक्रममा उल्लेख छ । हिंसा पिडित महिलाका लागी महिला सुरक्षा गृह बनाइने,  प्रदेशमा बिज्ञान तथा प्रविधी प्रतिष्ठान स्थापना गरिने निति तथा कार्यक्रममा छ ।

विगतका वर्षमा उल्लेख गरिएर पुरा नभएका कार्यक्रम र योजनालाई पनि निरन्तरता दिइएको छ ।  नमुना गाउँ आफै बनाऔ नाराका साथ मुख्यमन्त्री एकिकृत कृषी तथा पशुपंक्षी विकास कार्यक्रमलाई निरन्तरा दिने, प्रदेश कृषि विकास नीति तर्जुमा गरिने, उच्च हिमाली जिल्लाका हिमाली गाउँपालिकामा  बिशेष कृषी तथा पशुपंक्षी कार्यक्रम संचालन गरिने र सुन्तला जातका फलफूल  र ओखरालाई प्रदेशको विषेश नाम र गुणस्तर चिन्ह सहित बजारीकरण गरिने निती तथा कार्यक्रममा उल्लेख छ ।

यसैगरि स्वस्थ युवा प्रदेशको खम्वा भन्ने नाराका साथ मुख्यमन्त्री खेलकुद प्रतियोगितालाई निरन्तरता दिने, एक जिल्ला एक नमुना क्याम्पस विकास गर्न भौतिक पुर्वाधार र शैक्षिक विकास कार्यक्रम निरन्तरा दिइने, पिछडिएका, असहाय, लोपोन्मुख र जोखिममा रहेका जाती राउटे, राजी, वादी जस्ता बर्गको उत्थानको लागी विशेष  कार्यक्रम संचालन गर्ने उनले उल्लेख गरेका छन् । एक घर एक धारा नाराका साथ सवैमा खानेपानीको पहुँच पुगाउने, खरका छानो विस्थापित गर्ने कार्यक्रम संचालन गर्ने उल्लेख छ ।

प्रकाशित: २७ जेष्ठ २०७८ १३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App