८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश २ : तीन मन्त्रालयसहित रामसरोज यादवको नेतृत्वमा कांग्रेस सरकारमा, साँझ साढे सात बजे शपथ ग्रहण

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच प्रदेश २ सरकारमा सहभागीताका लागि सहमति भएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा नेपाली कांग्रेस समाजवादी पार्टी नेतृत्वको सरकारमा सहभागी हुँदैछ । आजै साँझ साढे सात बजे कांग्रेसका तीन मन्त्रीको सपथ ग्रहण कार्यक्रम तय भएको समाजवादी पार्टीको तर्फबाट वार्ता समिति सदस्य समेत रहेका भूमी व्यवस्था मन्त्री शैलेन्द्र साहले बताए ।

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव भौतिक पुर्वाधार यातायात तथा सिंचाइ मन्त्री, ओमप्रकाश शर्मा उर्जा तथा खानेपानी मन्त्रालय र वीरेन्द्र सिंह महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयको जिम्मा पाएको छ ।

कांग्रेस सरकारमा गएपछि पहिला भन्दा फरक शैलीमा सरकार अघि बढ्ने संसदीय दलका नेता रामसरोज यादवले बताए । उनले नागरिकसँग भने,‘ अहिले नै धेरै भन्दिन तर पहिलाको भन्दा बेटर जरुर गर्छु ।’

आज माओवादी केन्द्रसँग मन्त्रालयकोे विषयमा टुंगो लाग्न सकेन । छलफललाई निरन्तरता दिँदै मन्त्रालय टुंगो लाग्ने वित्तिकै माओवादी पनि सरकारमा सहभागी हुने वार्ता टोली सदस्य मन्त्री साहले बताए ।

 

प्रकाशित: २६ जेष्ठ २०७८ १२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App