७ वैशाख २०८१ शुक्रबार
राजनीति

'अन्य दलसंगको सहकार्य गर्ने प्रवृति नै पार्टी एकता बिरुद्धको मुलजड'

एमाले नेता तथा पूर्व मन्त्री योगेशकुमार भट्टाईले आफ्नो पार्टीका नेतासंग नमिली अन्य दलका नेतासंगको सहकार्य गर्ने प्रवृति नै पार्टी एकता बिरुद्धको मुलजड भएको बताएका छन्।  

सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल दुबैको कमजोरी औंल्याएका हुन्। सामाजिक सञ्जालमा उनले’कमरेड केपी ओली आफ्नै पार्टीका बरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसंग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर राजेन्द्र महतोसंग सत्ता साझेदारी र अन्य बिषयमा गठवन्धन गर्न तयार हुने, कमरेड जेएन खनाल र कमरेड माधव नेपाल पार्टीका अध्यक्ष कमरेड केपी ओलीसंग मिल्न तयार नहुने तर शेरबहादुर देउवा,प्रचण्ड र उपेन्द्रसंग सत्ता साझेदारी र अन्य बिषयमा गठवन्धन गर्न तयार हुने’कसले, किन र के का लागि यो सब गर्दैछ भनेर प्रश्न गरेका छन्। उनले एमाले एकताको मूल जड यहिँ रहेको निश्कर्ष निकालेका छन्।

उनले यस बिषयमा नेताहरुकाबीचमा गम्भिर छलफल हुनु र साझा निश्कर्षका साथ साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी रहेको समेत उल्लेख गरेका छन्।  

प्रकाशित: २६ जेष्ठ २०७८ ०५:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App