१६ चैत्र २०८० शुक्रबार
राजनीति

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन्। आज प्रदेश सभाको बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गरेका हुन्।

३० मत विश्वासको मतको पक्षमा छ भने ९ मत विपक्षमा खसेकाे छ। 

५२ प्रदेश सभा सदस्यमध्ये सभामुख बाहेक ५१ जना छन्। जसमध्ये माओवादी केन्द्रकाे १३, एमालेको १७ गरि जम्मा ३० मत पक्षमा खसेकाे थियाे। ओली पक्षीय ७, जसपाकाे २ गरी जम्मा ९ मत विपक्षमा खसेकाे थियाे। 

यस्तै, कांग्रेसको १२ जनाकाे मत तटस्थ रहेकाे थियाे। 

प्रकाशित: २५ जेष्ठ २०७८ ०६:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App