७ वैशाख २०८१ शुक्रबार
राजनीति

मुख्यमन्त्री भट्टले विश्वासको मत लिनु अघि एमाले र कांग्रेसको संसदीय दलको छुट्टाछुट्टै बैठक जारी

एमाले संसदीय दलको बैठक । तस्बिरः दिलबहादुर छत्याल/नागरिक

सुदूरपश्चिम प्रदेशमा अहिले नेकपा एमाले र नेपाली कांग्रेसको संसदीय दलको छुट्टाछट्टै बैठक जारी छन्।

प्रदेशसभामा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न एमाले र कांग्रेसको संसदीय दलको बैठक बसिरहेको हो।  

एमाले बैठकमा ओली र नेपाल दुवै पक्षका सांसदहरु सहभागी छन् भने कांग्रेसको संसदीय दलको भवनमा छुट्टै बैठक चलिरहेको छ।

सत्ता साझेदार एमालेले समर्थन फिर्ता लिए पश्चात मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिँदैछन्।

प्रकाशित: २५ जेष्ठ २०७८ ०४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App