८ वैशाख २०८१ शनिबार
राजनीति

कर्णालीमा थपिए दुई मन्त्री

कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली काँग्रेसका दुई मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा कांग्रेसकातर्फबाट उर्जा तथा जलस्रोत विकास मन्त्रालयमा दीनबन्धु श्रेष्ठ र सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर बुढाक्षेत्री नियुक्त भएका छन्।  

उर्जा तथा जलस्रोत मन्त्री श्रेष्ठले एकीकृत टार सिंचाई आयोजना कार्यालय स्थापना गर्ने निर्णयमा हस्ताक्षर गरेर पदभार ग्रहण गरे। भेरी, कर्णालीलगायतका नदी क्षेत्र र ठूला बस्ती नजिकका खेतीयोग्य जमिनमा सिंचाई सुविधा पु¥याउने उद्देश्यले टार सिंचाई आयोजना सञ्चालनमा ल्याइने छ।

आयोजना कार्यान्वयनका लागि छुट्टै कार्यालय स्थापना गर्ने योजना मन्त्रालयको छ। यसका लागि आगामी आर्थिक वर्षमा कार्यालय सञ्चालन र आयोजना कार्यान्वयनका लागि बजेटको व्यवस्था गरिने मन्त्री श्रेष्ठले जानकारी दिए।  

यस्तै सामाजिक विकास मन्त्री बुढाक्षेत्रीले कोरोना खोप तयारीका लागि कर्णालीका १० जिल्लालाई एक करोड ७४ लाख ८५ हजार रुपैयाँ जिल्लामा पठाउने निर्णयमा हस्ताक्षर गरे। कर्णालीका नागरिकहरुलाई खोप लगाउने प्रयोजनका लागि तालिम, सामान ढुवानीलगायतका तयारीका लागि उक्त रकम जिल्लाहरुमा पठाइएको हो।

सामाजिक विकास मन्त्रालयका अनुसार खोप सेवा सञ्चालनका लागि रुकुम पश्चिममा १६ लाख ३९ हजार, सल्यानमा १७ लाख ४३ हजार १२५, सुर्खेतमा २६ लाख २७ हजार ६२५, दैलेखमा १९ लाख ५२ हजार ५००, जाजरकोटमा १६ लाख ९६ हजार ८००, डोल्पामा १४ लाख ३५ हजार ५००, जुम्लामा १२ लाख ८६ हजार, कालिकोटमा १६ लाख ३६ हजार ५००, मुगुमा ९ लाख ७३ हजार १९० र हुम्लामा १० लाख ५३ हजार ५०० रुपैयाँ पठाइएको छ।

प्रकाशित: २३ जेष्ठ २०७८ १०:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App