१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ललिता निवास प्रकरणः ४९ जनाविरुद्ध २१ दिने सूचना जारी

ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरेको छ । २०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार  यो सूचना जारी गरिएको हो ।  सरोकारवाला  ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा सूचना जारी गरिएको हो ।  

त्यस्तै मालपोत कार्यालयले जग्गाधनीलाई बालुवाटारस्थित उक्त  जग्गा सरकारको नाममा ल्याउनु नपर्ने भए  २१ दिनभित्र कारण पेस गर्न भनेको छ । जग्गाधनीले २१ दिनभित्र जवाफ चित्तबुझ्दो  नदिए  उक्त जग्गा सरकारको नाममा नामसारी हुने छ । 

प्रकाशित: २३ जेष्ठ २०७८ ०९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App