८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रियसभा उपनिर्वाचनका लागि दाङमा मतदान जारी

तस्बिर: निर्वाचन कार्यालय

लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्यकालागि भइरहेको उपनिर्वाचनमा मतदान भइरहेको छ। दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्र परिसरमा बनाइएका तीन वटा मतदान केन्द्रमा मतदान सुरु भएको हो। प्रदेशसभा सदस्यकालागि क,स्थानीय तहका जनप्रतिनिधिकालागि ख कोरोना पोजेटिभ मतदाताकालागि ग मतदान केन्द्र छुट्याइएको छ।  

बिहान ९ बजेदेखि सुरु भएको मतदान ३ बजे सकिने निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए। मतदानकालागि प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुखहरु दाङ पुगेका छन्। मतदान सकिए लगत्तै मतगणना हुने र नतिजा पनि आजै आउने निर्वाचन कार्यालयले जनाएको छ।  

यसअघि माओवादी केन्द्रबाट राष्ट्रिय सभामा बिजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा सो पद रिक्त थियो। एमालेले अहिले उनै चन्द्रबहादुर खड्कालाइ उमेदवार बनाएको छ। विपक्षी गठबन्धनकाबाट कपिलबस्तुका दृगनारायण पाण्डेय चुनावी मैदानमा छन्।

पाण्डेयले हालै लुम्बिनी प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर एमाले पार्टी परित्याग गरी काँग्रेसमा प्रवेस गरेका हुन्। पाण्डेयलाइ काँग्रेस,माओवादी केन्द्र,एमालेको माधव नेपाल पक्ष,जसपाको (उपेन्द्र–बाबुराम समुह) र राष्ट्रिय जनमोर्चाको समर्थन छ। एमालेका खडकालाइ एमाले र जसपाको ठाकुर–महतो पक्षको समर्थन छ।

प्रदेशमा कुल मतदाता संख्या ३ सय हो। प्रदेशसभाका सदस्य ८३  जना र स्थानीय तहका प्रमुख उपप्रमुख २१७ जना छन्। लुम्बिनीमा ८७ प्रदेशसभा सदस्य हुन्। ती मध्ये दुइजना सांसद पार्टी फेरेपछि  कारबाहीमा परेर सांसद पद खुस्किएको छ। दुइ जनाले आफुखुसी राजीनामा दिएका हुन्। राष्ट्रियसभा उम्मेदवार बनेका दृगनारायण पाण्डेयले पनि संसद पदबाट राजीनामा दिएका हुन्। त्यस्तै १०९ वटा स्थानीय तह मध्ये पश्चिम नवलपरासीको प्रतापपुर गाँउपालिकाका अध्यक्षको सवारी दुर्घटनामा परी गत वर्ष निधन भएको थियो।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ गणना हुन्छ। मतभार अनुरुप  ८३ प्रदेशसभा सदस्यको ३ हजार ९८४ र स्थानीय तहतर्फका  २१७ जनाको ३ हजार ९०६ गरी कुल ७ हजार ८९० मत संख्या छ। शत प्रतिशत मत खस्यो भने जितकालागि ३ हजार ९४५ मत ल्याउनु पर्छ।  

प्रकाशित: १७ जेष्ठ २०७८ ०५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App