निर्वाचन आयोगका पाँच पूर्व आयुक्तहरुले आगामी कात्तिक र मंसिरमा प्रस्तावित प्रतिनीधि सभाको निर्वाचनलाई प्रभावित पार्ने बजेट नल्याउन सरकारको ध्यानाकर्षण गरेका छन्।
पूर्व आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र कार्यवाहक पूर्व आयुक्त दोलखबहादुर गुरुङले वर्तमान कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा मतदातालाई कुनै पक्षमा लाग्न प्रभाव पार्ने गरी नीति कार्यक्रम र बजेट नल्याउन ध्यानार्कषण गरेका हुन्।
उनीहरुले संयुक्त रुपमा आग्रह गर्दै भनेको छन्, ‘२०७८ कात्तिक, मंसिरमा प्रस्तावित प्रतिनीधि सभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्तभित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने गरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट विनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौं।’
प्रकाशित: १३ जेष्ठ २०७८ ०६:४५ बिहीबार