coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेतृ झाँक्रीको प्रश्न : महामारीको बेला महाराज महारानीलाई चुनाव ?

नेकपा(एमाले)की नेतृ रामकुमारी झाँक्रीले मुलुक एउटा अँध्यारो युगमा प्रवेश गरेको बताएकी छिन्।

समसामयिक विषयमा सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेतृ झाँक्रीले आफूहरुले अन्तिम समयसम्म संसदलाई जोगाउन चाहेको भए पनि खराब नियतका मान्छेहरुको षड्यन्त्रसामु आफूहरुको केही नलागेको बताइन्।

उनले कोरोना महामारीको कारण जनताहरु छटपटिरहेको बेला त्यसको व्यवस्थापनमा नगर्नु र जनताले ज्यान गुमाउनुलाई सत्ताको अपराधीकरण भएको बताउँदै अहिलेको आवश्यकता चुनाव नभएको बताइन्।

उनले घुमाउरो पारामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाराज र राष्ट्रपति विद्यादेवी भण्डारालाई महारानीको संज्ञा दिँदै उनीहरुलाई नै चुनाव आवश्यक भएको समेत धारणा राखेकी छन्।

उनले राखेको धारणा जस्तातस्तै :

एउटा अँध्यारो युगको सुरूवात!

हामी अन्तिम समयसम्म संसद जोगाउन चाहान्थ्यौँ। खराब नियतिका मान्छेहरूको षड्यन्त्रको सामु केही लागेन।

यस्तो डरलाग्दो महामारीमा जनता खोप, अस्पताल, औषधि, वेड, अक्सिजन, ICU, Ventilator नपाएर छटपटाई छटपटाई दैनिक दुई सय भन्दा बढीले ज्यान गुमाउनु परेको छ। यो सत्ताको अपराधिकरण हो। यस्तो बेला चाहिएको छ महाराज महारानीलाई चुनाव? जनताले हिसाबकिताब त पक्कै राख्नेछन्।

प्रकाशित: ८ जेष्ठ २०७८ ०८:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App