११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

योगेश भट्टराईले भनेः आजको दिन मेरो जीवनको सबैभन्दा कठिन दिन

नेकपा (एमाले)का नेता योगेश भट्टराईले आजको दिनलाई आफ्नो जीवनको सबैभन्दा कठिन दिन भएको बताएका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका दाबी पेश गर्न भनेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गरेका छन्। उनको यो दाबी पेशमा एमालेका माधवकुमार नेपाल पक्षका २६ जना सांसदले हस्ताक्षर गरेका छन्। तर, नेपाल पक्षकै भए पनि भट्टराईले हस्ताक्षर नगरेको बताएका छन्।  

नेता भट्टराईले एमालेको एकतालाई जोगाउने आशाले गर्दा आफूले उक्त दाबी पेशमा हस्ताक्षर नगरेको बताएका हुन्।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, 'मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज। नेकपा (एमाले)को एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ। सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु।'

प्रकाशित: ७ जेष्ठ २०७८ १४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App