coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सिसिएमसी खारेज गर्न माओवादीकाे माग

कोरोना संक्रमणको नियन्त्रणमा सरकार असफल भएको भन्दै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ। 

सरकार कोभिड–१९ लगायतको स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचारमा लिप्त भएको, कोरोना नियन्त्रणमा असफल भएको सिसिएमसी खारेज गर्नुपर्ने जस्ता विषय समेटेर भोलि ज्ञापनपत्र बुझाउने भएको हो। 

बिहीबार बसेको स्थायी कमिटी बैठकले कोभिड रोकथाम र नियन्यत्रणका लागि बनाएको सरकारी संयन्त्र सिसिएमसी संवैधानिक नभएकाले खारेजीको माग गरेको छ। बैठकले पार्टीका सबै पंक्तिलाई कोरोना नियन्त्रण तथा रोकथामका लागि परिचालित हुन निर्देशन दिएको छ।

प्रकाशित: ७ जेष्ठ २०७८ ०१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App