७ वैशाख २०८१ शुक्रबार
राजनीति

विवेकशील साझाले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ। साझाले राष्ट्रिय सभा सदस्यको निर्वाचनबारे भएकाे छलफलकाे निष्कर्ष निकाल्दै आज हुदैँ गरेको निर्वाचनमा मतदान नगर्ने निर्णय विवेकशील साझा पार्टीको बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले एक विज्ञप्ति जारी गर्दै बताएका छन्। 

पार्टीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'गृहमन्त्री रामबहादुर थापा 'बादल' ले आफू निर्वाचित भएको दल त्याग गरी अर्को दलमा प्रवेश गरेका कारण राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम राष्ट्रिय सभामा रिक्त हुन आएको बागमतीमा नेकपा एमालेबाट रामबहादुर थापा ‘बादल’, कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेकै माधव नेपाल समूहबाट डा. खिमलाल देवकोटा उम्मेदवार बनेका छन्। यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ उम्मेदवार छन्। 

विवेकशील साझाका तीन जना प्रदेशसभा सदस्य मतदाता छन्। उनीहरुको कुल मत भार १४४ छ। यो मत कुनै उमेद्वारलाई पनि नपर्ने भएको छ। यस्तै विवेकशील साझाले मतपत्रमा ‘नो भोट’ को विकल्प शीघ्र लागु गर्न सरकार र निर्वाचन आयोगसमक्ष माग गर्ने निर्णय पनि गरेको पौड्यालले जारी गरेकाे विज्ञप्तिमा छ। 

विवेकशील साझाले सर्वोच्च अदालतले २०७० पौष २१ गते सरकारका नाममा मतपत्रमा ‘नो भोट’ को व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको ब्यहोरा स्मरण गराएको छ। 

'सात वर्ष भन्दा बढी भइसक्दा पनि उक्त आदेशको कार्यान्वयनमा सरकार र निर्वाचन आयोग उदासीन रहनु र यस राष्ट्रिय सभाको निर्वाचनसम्म आइपुग्दा पनि मतपत्रमा ‘माथिका कुनै पनि उम्मेदवार होइन’ विकल्प सामेल नगरिनु खेदजनक छ,' विज्ञप्तिमा भनिएकाे छ। 

प्रकाशित: ६ जेष्ठ २०७८ ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App