८ वैशाख २०८१ शनिबार
राजनीति

एकताविरोधी अभिव्यक्ति नदिन एमाले कार्यदलको आग्रह

नेकपा (एमाले)ले आपसमा असमझदारी र असहयोग बढ्ने कुनै पनि खालका गतिविधि र अभिव्यक्ति नदिन पार्टीपङ्क्तिलाई आवहान गरेको छ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको कार्यदल बैठकले कुनै पनि असमझदारी र असहयोग बढ्ने कार्य नगर्न नेता तथा कार्यकर्तालाई आवहान गरेको हो। एमालेका प्रवक्ता एवं कार्यदलका सदस्य प्रदीपकुमार ज्ञवालीले कार्यदलले पार्टीले एकता र समझदारीलाई वृद्धि गर्न  तथा एक आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने गतिविधि नगर्ने निर्णय गरिएको बताए।

उनले पार्टीभित्र देखिएका समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउन पार्टीपङ्क्तिलाई सहयोग र सद्भाव लागि आवहन गर्ने निर्णय समेत गरिएकोे जानकारी दिए।

आजको बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसहिंता तयारी गरी लागु गर्ने निर्णय समेत गरेको छ।  

थापा नै आधिकारिक उम्मेदवार

नेता ज्ञवालीले राष्ट्रियसभाको आशन्न उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार भएका रामवहादुर थापा ‘बादल’ लाई पार्टीले मतदान गर्ने निर्णय समेत गरिएको जानकारी दिए।

प्रकाशित: ४ जेष्ठ २०७८ १३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App