७ वैशाख २०८१ शुक्रबार
राजनीति

कोभिडको कारण राप्रपाको महाधिवेशन स्थगित

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को जेठमा हुने भनिएको महाधिवेशन स्थगित भएको छ। कोभिड १९ महामारीको भयावह स्थिति भइरहेको भन्दै पार्टीले जेठको २२ गतेदेखि २५ गतेसम्म काठमाडौंमा हुने भनिएको महाधिवेशन स्थगित भएको हो।

पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै सोको जानकारी दिएको हो। ‘२०७८ जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको पूर्वघोषित पार्टीको केन्द्रीय महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको छ। महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिनेछ।’ विज्ञप्तिमा भनिएको छ।

राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीसहतिको शनिबार बसेको बैठकले सो निर्णय गरेको राप्रपा भक्तपुरका युवा नेता एवं अध्यक्ष माधव खत्रीले जानकारी दिए।

उनले पार्टी बैठकले कोभिड १९ को संक्रमण न्यूनीकरण, रोकथाम र नियन्त्रणका सरकारको ध्यानाकर्षण गर्दै स्वास्थ्य सामग्रीको तत्काल बन्दोबस्त गर्न माग पनि गरिएको बताए।

प्रकाशित: १ जेष्ठ २०७८ १०:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App