८ वैशाख २०८१ शनिबार
राजनीति

केपी शर्मा ओली पुनः प्रधानमन्त्री, सपथ भाेलि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन्। सबैभन्दा ठूलो दलका संसदीय दलका नेता ओलीलाई राष्ट्रपति विद्या देवी भण्डारीले बिहीबार राती संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् । सपथ भाेलि हुने छ।

बहुमतीय सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको समयसीमा बिहीबार राति ९ बजे सकिएसंगै ओली प्रधानमन्त्री नियुक्तीको बाटो खुलेको हो । यस अघि संसदमा ओलीले सोमबार विश्वासमा मत लिन नसकेपछि भण्डारीले बहुमतको सरकारको दावी गर्न बिहिबार राति ९ बजेसम्मको समय दिएकी थिइन् ।  

यस अघि नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले वैकल्पिक सरकार गठनको निकै प्रसाय गरेपनि त्यो सार्थक हुन सकेन । समीकरणका लागि निर्णायक मानिएको जसपाको महन्थ ठाकुर पक्ष ओलीको विकल्पमा अर्को सरकार बनाउन राजी  नहुनु र माधव नेपाल  पक्षले राजीनामा नदिँदा वैकल्पिक सरकार गठनको सम्भावना टरेको हो । 

प्रकाशित: ३० वैशाख २०७८ १६:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App