१५ चैत्र २०८० बिहीबार
राजनीति

ओली–नेपाल वार्ता : राजीनामा रोकियो, कार्यदल बनाएर अघि बढ्ने सहमति

सत्तारुढ दल एमालेको विवाद निरुपण गर्न तत्काल १० सदस्यी कार्यदल बन्ने भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच पार्टी विवाद टुंगाउने विषयमा सहमति बनेसँगै १० सदस्यीय कार्यदल बन्ने भएको स्रोतले जनाएको छ।

कार्यदलमा सुवास नेम्वाङ, विष्णु पौडेल शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूषाल गोकर्ण विष्टको नाम टुंगिएपनि त्यसलाई बाहिर ल्याएका छैनन । अन्य तीन जनाको नाम पछि सहमतिको आधारमा थप्दै जाने नेताहरुले जनाएका छन् ।  

ओली र नेपालबीच बिहीबार अपरान्ह बुढानिलकण्ठस्थित चपली हाइटमा  भएको भेटवार्तामा ओली फागुन २८ को निर्णय सच्चाउन तयार भएपछि तत्कालका लागि नेपाल पक्षले दिने भनिएको राजिनामा रोकिएको थियो ।  

दुई नेताको संवादपछि नेता नेपालले विवाद समाधानका लागि कार्यदल बनाएर अगाडि बढ्ने सहमति भएको बताए । ‘ विवाद सुल्झाउन मैले प्रधानमन्त्रीलाई ६ बुँदे शर्त राखेर लेखेको पत्रका विषयमा धेरैबेर छलफल भयो, फागुन २८ निर्णय फिर्ता गर्ने र जेठ २ को अबस्थामा फर्काउन एउटा विधि बनाएर जाने सहमति भएको छ’, नेपालले भने ।

प्रकाशित: ३० वैशाख २०७८ १२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App