coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेशः जनमोर्चाले संसदीय दलको नेताबाट कृष्ण थापालाई हटायो

कृष्ण थापा

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ । संसदीय दलको आज बसेको बैठकले थापालाई दलको नेताबाट हटाउने निर्णय गरेको हो । दलको नेताबाट हटाएको पत्र प्रदेश सभा सचिवालयमा आज दिउँसो २ बजेर ६ मिनेटमा दर्ता भएको छ ।  

सचिवालयमा एउटा संसदीय दलको र अर्को पार्टीको पत्र दर्ता भएको प्रदेश सभा सचिवालय सचिव हरिप्रसाद पोखरेलले जानकारी दिए । सांसद थापालाई आजै बसेको संसदीय दलको बैठकले दलको नेताबाट हटाएको सचेतक पियारी थापाले जानकारी दिइन् । उनले भनिन्, ‘पार्टीको निर्देशन विपरित हिंडेकाले बैठक बसेर हटाइएको हो ।’

बागलुङबाट निर्वाचित थापा कांग्रेस नेतृत्वमा सरकार बनाउन मानेका थिएनन् । उनले नमान्दा कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन गर्न बाधक बनेको थियो । सरकार गठनमा बहुमत पु¥याउन आवश्यक १ मत पुग्न सकेको छैन । उनी बाहेक जनमोर्चाका अन्य २ सांसदले भने कांग्रेस नेतृत्वको सरकार बनाउन हस्ताक्षर गरिसकेका छन् । उनी भने पार्टीको निर्णय विपरित कांग्रेस नेतृत्वमा सरकार बनाउन नहुने पक्षमा थिए । कांग्रेस नेतृत्वमा समृद्धि सम्भव नभएको र कांग्रेसको विगत कलंकित भएकाले आफूले कुनैपनि हालतमा कांग्रेसलाई मत नदिने उनको अडान थियो ।

संसदीय दलको नेताबाट हटाइएका थापालाई सांसद पदबाटै हटाउने तयारी भएको श्रोतले बताएको छ । तर पार्टीका नेताहरु भने सकभर हस्ताक्षर गर्न अन्तिम पटक आग्रह गर्ने, त्यसलाई पनि ईन्कार गरे सांसद पदबाटै हटाइने बताउँछन् । यसका लागि महामन्त्री मनोज भट्टले प्रयास गरिरहेका छन् । गण्डकी प्रदेशमा बहुमतीय सरकार गठनका लागि दिइएको तीन दिनको समय आज सकिदैछ । आज अपराह्न ४ बजेसम्ममा पनि बहुमत सांसदको हस्ताक्षर बुझाउन नसके अल्पमतको सरकार गठनका लागि आह्वान हुनेछ ।

प्रकाशित: २९ वैशाख २०७८ ०९:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App