१ कार्तिक २०७८ सोमबार
राजनीति

कसले जित्यो, कसले हार्‍यो ?

आइतबार बिहानैबाट मुलुकको राजनीतिमा नाटकीय मोड देखिँदैछ। संसदीय अकंगणितले सानाबाट शक्तिशाली भएका पार्टीहरु सक्रिय देखिँदै छन्।  पार्टी भित्रनै टुटफुटको संकेत बढ्दै छ। यस्तोमा कसले के  जित्यो कसले हार्‍यो आंकलन गर्न  मुस्किल बनेको छ।  

नेकपा एमालेका नेपालपक्ष नेताहरु प्रधानमन्त्री केपी ओलीको  हारमा आफ्नो जीत देख्दै छन्। त्यसैले विश्वासको मत लिनुभन्दा केही अगाडी नै सामुहिक राजीनामा दिने अडानमा छन्। नेपाल पक्षका केही सांसदले यसमा असहमति जनाएका कारण  पटक–पटक उनीहरुको बैठक बसिरहेको छ।  

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकोको इच्छा बुझ्न झनै कठिन देखिन्छ। सत्ताका ‘शेर’ यतिबेला सिकार नखाने मुडमा छन्। आइतबार बिहान आफूले भेट्न आएका ठाकुर र महतोले जसपाको भर नपर्न आग्रह गर्दा पनि उनी निराश देखिएनन्।

नेकपा टुक्रिएर खुसी भएका उनी यति बेला  नेकपा एमालेको संम्भावित फुटमा  आफ्नो जीत देख्दै छन्। दलभित्रका विपक्षी र बाहिरका विपक्षीको दवावमा सरकार गठन गर्न पहल गरेको जस्तो देखिए पनि खासमा उनी सक्रिय छैनन्।  

सत्ताका ‘शेर’ यतिबेला सिकार नखाने मुडमा छन्। आइतबार बिहान आफूलाई भेट्न आएका  ठाकुर र महतोले जसपाको भर नपर्न आग्रह गर्दा पनि उनी निराश देखिएनन्। नेकपा टुक्रिएर खुसी भएका उनी यति बेला नेकपा एमालेको संम्भावित फुटमा आफ्नो जीत देख्दै छन्।

यता प्रधानमन्त्री ओली भिन्नै मुडमा छन्। जसपासंग विश्वासको मत मागेका ओलीले उनीहरुले दिन्न भन्दा पनि चिन्तित देखिदैनन्। उनलाई आफूलाई मत पाउने भन्दा पनि विपक्षीले नपाओस् भन्ने चाहना देखिन्छ। चुनावी यात्रामा निस्किसकेका उनी  कांग्रेसको संभावित जीत भन्दापनि नेकपाबाट निस्केका प्रचण्ड र एमालेबाट निस्कन आँटेका नेपालपक्षको हारमा आफ्नो जीत देख्दै छन्।  

अहिले जसपाको अवस्था उस्तै छ। मधेशी मागको मागपत्र बोकेर हिडेका उनीहरु मन्त्रालयको माग र सत्ताको रस्साकस्सीम अल्झेका छन्।  इतिहासमा विलकुलै आउने सुनौलो मौकमा मधेशको हितको माग पुरा गराउन चुकेको देखिन्छ। पार्टी भित्रका ‘यादव पक्ष’ ठाकुर कमजोरीमा आफ्नो जीत देख्दै छन् अनि ठाकुर पक्ष यादाव कमजोर हुदाँ खुसी हुने देखिएका छन्।  

नाटकीय ढंगबाट अगाडी बढेको राजनीतिक उतारचढावमा  कसले जित्यो कसले हार्‍यो  अझै यकिन हुन सकेको छैन। तर कोरोनाकालमा बिरामी जनतालाई वेवास्ता गर्दै खेलिएको स्वार्थ र सत्ताकेन्द्रित यो खेलमा सिंगो मुलुक हार्दै छ।  

राजनीतिको केन्द्रबाट बाहिरदै गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  नेपाल पक्ष  एमालेबाट टुक्रिँदा आफ्नो जीत देख्दै छन्।  बेला बेलामा नेपालसंग बैठकमा बस्दै गरेका उनी  अतिरिक्त दाउँपेच सिकाउँदै छन्। अनि सत्ताबाट निकैपर रहेको राप्रपा नेपाल पछिल्लो अस्थिरतामा आफ्नो जीत देख्दै छ। धमिलो पानीमा माछा मार्ने उद्धेश्य पुरा हुने उसको विश्वास छ।  

नाटकीय ढंगबाट अगाडी बढेको राजनीतिक उतारचढावमा  कसले जित्यो  कसले हा¥यो अझै यकिन हुन सकेको छैन्। तर कोरोनाकालमा बिरामी जनतालाई वेवास्ता गर्दे  खेलिएको स्वार्थ र सत्ताकेन्द्रित यो खेलमा सिंगो मुलुक हार्दै छ।  

प्रकाशित: २६ वैशाख २०७८ १४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App