coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अहिलेसम्म कुनै सहमति भएको छैन: नेता नेपाल

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले एमालेको एकता कायम राख्न अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको बताएका छन्।  

आज सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै नेता नेपालले सहमतिका लागि वार्ता र लचकता दुवै अपनाउने पक्षमा आफू रहेको तर अहिलेसम्म कुनै सहमति नभएको स्पष्ट पारेका हुन्।  

साजाजिक सञ्जालमा नेता नेपालले लेखेका छन्, 'हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो। यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन। २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो।'

उनले थपेका छन्, ‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौँ ।’

शीतल निवासमा बिहिवार राष्ट्रपति विद्यादेवी भण्डारी र नेता नेपालबीच एमाले विवादबारे छलफल भएको थियो। 

प्रकाशित: २४ वैशाख २०७८ ०६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App