६ वैशाख २०८१ बिहीबार
राजनीति

एमालेको वाग्मती प्रदेश संसदीय बोर्ड गठन

एमाले वाग्मती प्रदेशको मुख्य सचेतकमा निरौला नियुक्त

नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ। दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा १३ सदस्यीय बोर्ड गठन गरिएको हो। नेकपा एमालेको दलको बिधान २०७७ को दफा १७ बमोजिम बोर्ड गठन गरिएको बताइएको छ।

बोर्डको पदेन सदस्यहरुमा दलको उपनेता, प्रमुख सचेतक दीपक निरौला र सचेतक रहने व्यबस्था छ। हाल उपनेता र सचेतक रिक्त रहेकाले पछि थप हुने जनाइएको छ। बोर्डमा प्रदेश सांसदहरु अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, विजय सुवेदी, शशिजङ थापा, उर्मिला कर्माचार्य, शान्ती थिङ, सरस्वती बाटी, नारायणबहादुर सिलवाल, सीता लामा र प्रदीप कटुवाल रहेका छन्। बोर्डमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षसँगै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुलाई पनि चयन गरिएको छ।

एमाले वाग्मती प्रदेशको मुख्य सचेतकमा निरौला नियुक्त

नेकपा एमाले वाग्मती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला नियुक्त भएका छन्। तत्कालिन मुख्य सचेतक केशव पाण्डे प्रदेशको आन्तरिक तथा कानुनमन्त्री भएपछि रिक्त रहेको पदमा निरौलालाई मनोनयन गरिएको हो।

एमाले वाग्मती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा एमालेको दलको विधान २०७७ को दफा १३ बमोजिम मनोनयन गरेको हो। निरौलालाई वैशाख १७ गते मुख्य सचेतकमा नियुक्त गरि बिहीबार वाग्मती प्रदेश सभा सचिवाललाई जानकारी समेत गराइएको बताइएको छ।

प्रकाशित: २३ वैशाख २०७८ १४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App