७ वैशाख २०८१ शुक्रबार
राजनीति

संक्रमण नियन्त्रण गर्न थप कडाइ गर्छौंः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीको नियन्त्रणको लागि सरकार लागि परेको बताउँदै सर्वसाधरणलाई नआत्तिकन यस अभियानमा साथ दिन आगंह गरेका छन्। सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दे उनले निषेधाज्ञालाई थप कडा पार्ने बताएका हुन्।

उनले अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गरिने बताउँदै स्थलमार्गबाट विदेशी नागरिकहरुको प्रवेशमा रोक लगाइएको जानकारी दिए। त्यस्तै प्रधानमन्त्री ओलीले प्रदेश केन्द्रित हुने गरी सरकारका एक एक मन्त्रीलाई फोकल व्यक्ति तोकिएको बताए।

हाल कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि भनेर ४१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।

प्रकाशित: २० वैशाख २०७८ १०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App