coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसका प्रवक्ता शर्मालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा कोरोना संक्रमित भएका छन्। उनले सोमवार विहान आफू कोरोना संक्रमित भएको बताएका हुन्।  

उनले ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि स्वाबको नमूना परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।  

उनले लेखेका छन्, 'ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार अस्पताल पुगेर स्वाब दिएँ बिहानिपख रिपोर्ट आयो पोजेटिभ टेकु का डा.मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन सुरु गरेको छु  डेरामै आइसोलेसनमा छु, लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ।'

उनले कोरोना संक्रमणबाट जोगिनका लागि सजग रहन सबैलाई आग्रह समेत गरेका छन्।

प्रकाशित: २० वैशाख २०७८ ०४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App