coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

शान्ति भूमिमा अशान्त राजनीति

फाइल तस्बिर

गौतमबुद्धको जन्मस्थल लुम्बिनी प्रदेशमा पछिल्लो समय राजतनीति विथोलिएको छ । दरबार त्यागेर वनवास हिँडेका शिद्धार्थको भूमिमा सत्ता टिकाउन चलेको ‘सामदाम’को खेलले सर्वसाधरण निराश बन्न पुगेका छन् ।  

केही समय अगाडी जनता समाजवादीका चार प्रदेश सांसदले राजीनामा दिएपछि त्यस क्षेत्रमा देखिएको संकट आइतबार प्रदेश सांसद विमला वली माओवादीमा प्रवेशसंगै थप गहिरिएको छ । सत्ता जोगाउन सांसदको टाउको गन्न थालिएको यस क्षेत्रमा पद ‘जोगाउन र उडाउन’को लागि अपराधिक घटना घट्न सक्ने संकेत देखिएको छ ।  

अहिले ८१ सांसद रहेको लुम्बिनी प्रदेशमा बहुमतको लागि ४१ भए पुग्छ । अहिले वर्तमान सरकारमा ४०–४१ को हाराहारीमा सांसद भएको अवस्थामा एक दुई जनाले पुरै ‘खेल बिगार्ने’ सत्तापक्ष र प्रतिपक्ष दुवै पक्षमा रहेको छ । त्यसैले यहाँ प्रत्येक सांसदको ‘मूल्य’ बढेको छ ।  

राजनीतिले जब बाटो बिराउँछ तब आरोप प्रत्यारोप पनि तल्लोस्तरको हुने गर्छ । विमला वली माओवादीमा प्रवेश गरेको घटनालाई सरकारका मन्त्री वैजनाथ चौधरीले अपहरणको घटनाको संज्ञा दिए । अपरहण भएको हो या हैन, अनुसन्धानमा थाहाँ होला तर यस प्रकारका शब्द त्यो शान्ति भूमिमा निस्कनु पक्कै दुःखदायक हो ।  

जनताको हितमा काम गरिएको छ भने लोकतन्त्रमा सत्तामा पुग्नु या सत्ता छाड्नु सामान्य कुरा हो । तर सत्ता जोगाउन र सत्ता ढाल्न जब मानिस तल्लोस्तरमा ओर्लिन्छ तब सत्ता मात्र हैन सिंगो राजनीतिक संस्कारको अन्त्य हुन्छ ।  

कुनै ठाउँमा भएको राजनीतिका नराम्रा घटनाक्रमले त्यस ठाउँलाई मात्र हैन वरपरलाई समेत प्रभाव पार्छ । केही समय अगाडी कर्णालीमा भएको घटनाक्रमको असर लुम्बिनीमा देखियो । लुम्बिनीको असर गण्डकीमा पर्छ । गण्डकीको असर केन्द्रमा पर्छ ।  

अहिले कोरोनाको महामारी छ । केन्द्रले कोरोनासंग कसरी जुध्नेभन्दा पनि कसरी आफ्नो सत्ता जोगाउनेतर्फ लागेको छ । आइतबार मात्र प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेटे । कोरोना संक्रमणको बारेमा कुरा गर्न भनेपनि कतिपयले लुम्बिनीको बढ्दो राजनीतिक तापक्रम चिसो पार्न शितल निवास पुगेको अनुमान गरे ।  

यसैबीच शंकर पोखरेलसंग बहुमत नभएको भन्दै ४० प्रदेश सांसदले प्रदेश प्रमूख समक्ष निवेदन दिएका छन् । एकल बहुमतको आधारमा सरकार गठन गर्न तयार रहेका पोखरेललाई यसले थप संकटमा परेका छन् । त्यसैले सत्ता जोगाउन उनको अन्तिम कसरत जारी छ ।

प्रकाशित: १९ वैशाख २०७८ ०९:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App