७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेपाल समूहका १५ जनप्रतिनिधिसँग स्पष्टीकरण

दैलेखमा १५ जना जनप्रतिनिधिसँग स्पष्टीकरण सोधिएको छ। नेकपा एमाले माधव समूहले बरुनाथ योगीको अध्यक्षतामा १ सय ८५ सदस्यीय जिल्ला कमिटी समानान्तरण बनाएपछि माधव समूहका जनप्रतिनिधिलाई स्पष्टीकरण सोधिएको हो।  

नेकपा एमालेका अध्यक्ष रविन्द्रराज शर्माको अध्यक्षतामा बिहीबार बसेको २७ औं सचिवालय बैंठकबाट पार्टी एकता विरोधी गतिविधिमा संलग्न भएको भन्दै गाउँपालिका अध्यक्षदेखि उपमेयर, उपाध्यक्ष, वडा अध्यक्षदेखि वडा सदस्यसम्मलाई स्पष्टीकरण सोधेको हो।

स्पष्टीकरण सोधिनेमा नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, वडा नम्वर –१ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठ, नगरसभा सदस्य रमेश केसी, हर्कबहादुर नेपाली र नमराज शाही, महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही, उपाध्यक्ष प्रेमकुमारी बुढा, चामुण्डा विन्द्रासैनी नगरपालिकका उपमेयर ताराकुमारी शाही, नौमुले गाउँपालिका –४ का वडा अध्यक्ष गजबहादुर ढेंगामगर, गाउँसभा सदस्य दिपक हमाल, भगवतीमाई गाउँपालिकाका –४ का वडा अध्यक्ष कृष्णबहादुर थापा, २ का वडा अध्यक्ष कर्णबहादुर शाही, डुगेश्वर गाउँपालिका –२ का वडा अध्यक्ष राजु केसी, आठविस नगरपालिका –५ का वडा अध्यक्ष कर्णबहादुर आले र गुराँस गाउँपालिकाका गाउँसभा सदस्य पशुपती शर्मा छन्।

त्यस्तै प्रदेश कमिटी सदस्य टेकबहादुर खाण, बरुनाथ योगी, सावित्री मल्ल, मयाराम अधिकारीलाई आवश्यक कार्बाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरिएको छ । स्पष्टीकरणमा चित्तबुझदो जवाफ नआएमा र पार्टीको हितविपरित जाने जो कोहीलाई पनि दलको विधानअनुसार कार्बाही हुने एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले बताए।

त्यस्तै पार्टीका जिल्ला सदस्यदेखि गाउँपालिकाका पदाधिकारी र विभिन्न भ्रातृ संगठनका ११ जनालाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको जनाइएको छ।

समानान्तर कमिटीका अध्यक्ष बरुनाथ योगीले आफूहरुले नेकपा एमाले पुनर्गठन गरेकोले आधिकारिक आफूहरु भएको दाबी गर्दै स्पष्टिकरण र कार्बाहीको धम्कीले फरक नपर्ने बताए।

प्रकाशित: १७ वैशाख २०७८ १३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App