६ वैशाख २०८१ बिहीबार
राजनीति

लुम्बिनी प्रदेशमा चार नयाँ मन्त्री थपिँदै

लुम्बिनी प्रदेश सरकारमा चारजना मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको दुईघण्टा नवित्दै जनता समाजवादी पार्टीका सांसदहरू पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने भएका हुन् ।  

माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागिएको छ ।  लुम्बिनी प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेर अरु दुई  मन्त्रालय बनाउने तयारी गरिरहेको छ । नियुक्त हुने मन्त्रीहरूको सोमबार नै सपथ ग्रहण गराउने तयारी गरिएको हो ।  

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने टुंगो लागिसकेको छ । नवनियुक्त मन्त्रीहरूको आजैपथ हुनसक्ने एक सांसदले बताए।

प्रकाशित: ६ वैशाख २०७८ १०:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App