८ वैशाख २०८१ शनिबार
राजनीति

‘हामीसँग जनयुद्धको बेलाको तागतभन्दा अहिलेको तागत आकाश जमिनको फरक छ’

फाइल तस्बिर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सधैं कम्युनिस्ट एकताको पक्षमा रहेको बताएका छन् । चितवनको माडी योङ कम्युनिस्ट लिग (वाईसीएल)को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  

‘कम्युनिस्ट एकताको पक्षमा छु । फेरि कम्युनिस्ट आन्दोलनमा एकताबद्ध हुन्छ। कम्युनिस्ट आन्दोलनलाई एकता गरेर समाजवादको यात्रा गरी छाड्ने छौं’, उनले भने ।  

त्यस्तै उनले प्रतिक्रियावादीहरुले आफूलाई एक नम्बर निशानामा राखेको पनि  बताए ।  ‘प्रतिक्रियावादीहरुको एक नम्बर निशाना प्रचण्डै हो। उनीहरुले प्रचण्डलाई नसिध्याएसम्म हाम्रो भविष्य छैन भन्ने ठानेका छन्। हिजोका शासकहरु, जमिनदारहरु, हिजोको दालाल पुँजीपतिहरु प्रचण्ड सिध्याउन लागिपरेका छन्’,उनले भने ।  

आफू जस्तो सुकै पीडा कष्ट भएपनि समाना गर्दै जीवन बाचुन्जेल प्रतिक्रियावादीविरुद्ध लडिरहने उनले बताए ।  ‘जीवनमा जस्तो सुकै पीडा कष्ट भएपनि त्यसको सामना गर्दै लडिरहन्छु। नेपाली जनता हजरौं सहिदको रगतको मूल्य मेरो टाउमा छ। ती हजरौं सहिद परिवाहरुको पीडा, हजारौं योद्धा, घाइते अपाङ्गको बोज मेरो टाउकोमा छ । म अन्तिम सम्म इमान्दारी साथ राष्ट्र र जनताको पक्षमा लडेर मात्रै त्यो ऋण चुक्ता गर्न सक्छु भन्ने मेरो आत्म समिक्षा छ । मेरो आत्म संकल्प छ’, उनले भने ।  

जनयुद्ध र जनआन्दोलको बेलामा जस्तो आफ्नो पार्टीको तागग आकश जमिन फरक भएको बताउँदै प्रतिक्रियावादीहरुलाई सिजलै जित्न सकिने उनले बताए । ‘हामी प्रतिक्रियावादीविरुद्ध सजिलै जित्छौं । हिजो जनयुद्ध र जनआन्दोलनको बेलामा जस्तो तागत र अहिलेको तागतमा आकाश  जमिनको फरक छ’, उनले भने ।  

प्रकाशित: ५ वैशाख २०७८ १०:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App