८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य

प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य हुने भएको छ। आइतबार रातीदेखि प्रदेश १ को प्रदेशसभा बैठकको हिउँदे अधिवेशन अन्त्य हुने सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए।  

आइतबार बसेको बैठकमा मुख्य मन्त्री शेरधन राईले सम्बोधन गर्ने कार्यसूची थियो। तर, विपक्षी दलका सांसदहरूको विरोधका कारण बैठक अघि बढ्न नसकेपछि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखले पठाएको हिउँदे अधिवेशन अन्त्य सम्बन्धी पत्र बाचन गरेका थिए। पत्रमा प्रदेश १ को प्रदेश सभाको हिउँदे अधिवेशन आइतबार रातीदेखि अन्त्य हुने उल्लेख छ। सभामुखले प्रदेश प्रमुखले पठाएको पत्र बाचन गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, सत्तारुढ नेकपा मओवादी केन्द्रलगायतका दलका सांसदहरूले उठेर बिरोध जनाएका थिए। 

बजेट कार्यान्वयनको माग राख्दै प्रदेश १ को प्रदेश सभामा प्रतिपक्षी दलका सांसदहरूको बिरोधका कारण निरन्तर प्रदेशसभा बैठक अवरुद्ध हुँदै आएको थियो। प्रदेश १ को हिउँदे अधिवेशन कहिले सत्तारुढ दल र कहिले प्रतिपक्षी दलले अवरुद्ध पार्दै आएका थिए। मुख्य मन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सत्तारुढ दलले बैठकअवरुद्ध पारेको थियो। 

नेकपा माओवादी केन्द्रले अविश्वासको प्रस्ताव फिर्ता लिएपछि बैठक सुचारु हुने स्थिति देखिए पनि प्रतिपक्षी दलहरूले बजेट कार्यान्वयनको माग राख्दै निरन्तर बैठक अवरुद्ध पार्दै आएका थिए।

प्रकाशित: ५ वैशाख २०७८ ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App