१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सत्य र न्यायको पक्षमा उभिनेलाई जनताले साथ दिन्छन् : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्य, न्याय, राष्ट्रको पक्षमा दृढतापूर्वक उभिनेलाई जनताले साथ दिने बताएका छन्। अखिल नेपाल शिक्षक सङ्गठनको शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद्को आज उद्घाटन गर्दै उनले जनताको एजेण्डा बोकेका कारण आफूहरूलाई जनताको साथ प्राप्त भएको उल्लेख गरे।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र आफूहरूको कारणले आएको स्पष्ट पारे। अध्यक्ष दाहालले ठूलो सङ्घर्ष र बलिदानपछि बनिएको संविधान र कम्युनिष्ट आन्दोलनको व्यापक ध्रुवीकरण र एकतालाई जनताले गरेको अनुमोदनबाट राजनीतिक स्थिरता प्राप्त हुनेछ भन्ने विश्वास लिएको पनि बताए। आफूहरू यतिबेला सरकार गठन, पुनःगठनको प्रक्रियामा रहेको उनको भनाइ थियो। उनले भने, “हिजोमात्रै कर्णालीमा के समस्या थियो, कहाँ गएर टुङ्गियो रु तपाईँहरूले थाहा पाइसक्नुभएको छ। अब अस्तिमात्रै गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएको छ।”

अध्यक्ष दाहालले भने,“लुम्बिनीमा पनि सरकार परिवर्तनका लागि करिब–करिब बहुमतको हस्ताक्षर सङ्कलन भइसकेको छ। अब केन्द्रमा यो अन्योलता र अराजकताको स्थिति अन्त्य गर्नका लागि हामीले केन्द्रीयस्तरमा पनि लगातार पहल गरेका छौँ। म यहाँबाट त्यही प्रक्रियामा सामेल हुन बैठकमा जाँदै पनि छु।”

जनयुद्धको शुरुआत ६५ जनाबाट भएको स्मरण गर्दै उनले १० वर्षको अवधिमा देशमा राजनीतिक परिवर्तन भएको बताए। माओवादीप्रति भ्रम फैलाउने काम भइरहेको भन्दै उनले कोही भ्रममा पर्न आवश्यक नरहेको पनि बताए। माओवादीप्रति जनतामा विश्वास नटुटेको उनको भनाइ थियो।

प्रकाशित: ४ वैशाख २०७८ १४:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App