७ वैशाख २०८१ शुक्रबार
राजनीति

ओलीले मुलुकलाई अस्थिरताको जन्जिरमा धकेले : सुजाता कोइराला

नेपाली काँग्रेसका नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अस्थिरताको जन्जिरमा धकेलेको बताएकी छन् । जीपि कोईराला स्मृति प्रतिष्ठान बुटवलले शुक्रबार बुटवलमा गरेको अन्तर विद्यालय महिला भलिवल प्रतियोगिताको उद्घाटन गर्दै कोइरालाले ओलीले एकलौटी सत्ता सञ्चालन गरेर मुलुकलाई अस्थिरता तर्फ धकेलिरहेको र त्यसका विरुद्ध नेपाली काँग्रेस एक भएर लाग्नु पर्ने बताइन् ।  

जीपि कोइराला स्मृति प्रतिष्ठान बुटवलले शुक्रबार बुटवलमा आयोजना गरेको अन्तर विद्यालय महिला भलिवल प्रतियोगिताको उद्घाटन गर्दै कोइरालाले कोभिड महामारीसंगै सरकारसंग पनि लड्नुपर्ने बेला आएको बताएकी हुन् । मुलुकको राष्ट्रिय राजनीतिलाई सुधार गर्न नेपाली काँग्रेसको नेतृत्वमा अग्रगामी शक्तिलाइ समेटर अगाडी लैजानु पर्नेमा उनले जोड दिइन् । त्यसका लागि नेपाली काँग्रेस आफैमा एक ढिक्का हुनु पर्नेमा जोड दिइन् ।  

स्वर्गीय गिरिजाप्रसाद कोइरालाले लिएको सहमति, सहकार्य र एकताको नीतिले नै मुलुकको बिकास र समृद्धि सम्भव रहेको भन्दै कोइरालाले त्यसकै जगमा टेकेर मुलुकलाई निकास दिनु पर्ने बताइन् । 

प्रकाशित: ३ वैशाख २०७८ १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App