coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

आफ्नालाई लखेटेर बिपरित ध्रुवका महन्थहरुसँग गठबन्धन गर्नु राजनीतिक विसंगति हो : भुसाल

नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले विचार र सिद्धान्तमा असंगतीला महन्त ठाकुरसँग मिलेर सरकार टिकाउन खोज्नु गलत भएको बताएका छन्। प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भुसालले आफ्नै पार्टीका नेतालाई लखेटेर प्रम ओलीले बिपरित मुद्दा र सिद्धान्त बाकेका जसपा अध्यक्ष ठाकुरसँग मिलेर  गठबन्धन गर्न खोजेको आरोप लगाएका हुन्।

‘आफ्नै नेताहरुलाई लखेटेर बिचार र सिद्धान्तमा बिपरित ध्रुवका महन्थहरुसँग गठबन्धन गर्न खोज्नुले नेपालको राजनीति विसंगति तर्फ गइरहेको प्रमाणित गर्छ’ एमाले उपमहासचिव भुसालले भने। ओलीको कुर्सी मोह र सत्ता तृष्णाका कारण सिंगो मुलक कमजोर बनेको दावी उनले गरे। ओलीले कुर्सीको अहङ्कार त्यागे अझैपनि वाम गठबन्धन सम्भव रहेको उल्लेख गरे। संसदको अंक गणितले वाम गठवन्धनको सम्भावना अहिले पनि छ तर ओलीको अहङ्कारले त्यो सम्भावनालाई टाढा धकेलिरहेको छ’ नेता भुसालले भने।  

बहुमतको नेकपालाई विभाजनमा ल्याउने र वामगठबन्धन भत्काउने अवस्था आउनुमा केपी ओली नै जिम्मेवार भएको उनको भनाइ छ। ओलीका कारण उत्पन्न राजनीतिक समस्या समाधानका लागि आफूहरु अन्तरसंघर्षमा होमिएको उनले बताए। ओलीले विभाजन गरेको नेकपालाई अदालतले अनुमोदन मात्रै गरिदिएको टिप्पणी पनि भुसालले गरे। ‘ओलीजीले राजनीतिक हिसाबले नेकपा विभाजित गराइसक्नुभएको थियो, त्यसलाई अदालतले अनुमोदन मात्रै गरिदिएको हो’ उनले भने।

पार्टीको इतिहास, इज्जत र प्रतिष्ठा गुम्न नदिन आउँदो चुनावसम्मै पार्टीभित्रै अन्तरसंघर्ष गरीरहने नेता भुसालले बताए। ‘हाम्रो अन्तर संघर्ष पार्टी फुटाउन होइन जोगाउन हो। चुनाव आइहाले महाभारतमा पाण्डवले कौरवसंग खुट्टा टेक्ने ठाँउ मागे जस्तै माग्छौं। नदिए आम कार्यकर्ताको निर्णय अनुसार अघि बढ्छौं’ नेता भुसालले भने।

पार्टी फुटाउन नभइ जोगाउनकै लागि पार्टीका कमिटिहरुलाई ब्युताउने काम गरेको दावी उनले गरे। समानान्तर कमिटी ओलीले चलाएको टिप्पणी गर्दै नेता भुसालले ओलीले बिगारेको राजनीति सपार्न ७० वटा जिल्लामा एमालेका कमिटीहरुलाई सक्रिय र संगठित गरीरहेको बताए।

प्रकाशित: २ वैशाख २०७८ १३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App