१५ चैत्र २०८० बिहीबार
राजनीति

कोरोना संक्रमण फैलन नदिन आवश्यक व्यवस्थापन गर्न सरकारसँग कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  करोना भाइरस संक्रमण भयावह हुन नदिनका लागि आवश्यक तयारी थाल्न सरकारसँग माग गरेको छ।   कांग्रेसको कोभिड–१९ अनुगमन समिति संयोजक प्रकाशशरण महतले मंगलबार विज्ञप्ति जारी गर्दै गम्भीर बिरामीहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति , अन्तर्राष्ट्रिय उडानबाट आउनेहरु र सीमा नाकाबाट आउनेहरुलाई व्यवस्थित जाँच र क्वारेन्टाइन व्यवस्थाजस्ता आवश्यक तयारी थाल्न माग गरेका हुन्।  

त्यस्तै समितिले कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई पिसिआर परीक्षणको व्यापक बनाउन, कोभिड–१९ को विरुद्ध आम जनतालाई खोप पु¥याउन खोप आपूर्ति गर्न उच्चस्तरको कुटनैतिक पहल गर्न माग गरेको छ। ।  

स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिने घोषणा गरेर पनि सरकारले कार्यान्वयन नगरेको भन्दै स्वास्थ्यकर्मीहरुको बीमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याउन समितिले माग राखेको छ। 

प्रकाशित: ३१ चैत्र २०७७ १२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App