८ वैशाख २०८१ शनिबार
राजनीति

१३ देशमा नेकपा एमाले झलनाथ – माधव समूहद्धारा समानन्तर समिति गठन

नेकपा एमालेभित्रको विवादले विदेशमा रहेका नेता तथा कार्यकर्ताहरुमा पनि प्रभाव परेको छ। यसैबीच नेकपा एमाले (झलनाथ माधव समुह) ले विदेशमा समेत ओली समूहलाई चुनौति दिदै आफ्नो पक्षको समानन्तर संगठनलाई विस्तार गरेको छ ।एमाले वरिष्ठ नेता माधव नेपाल आफै उपस्थित भएर सोमवार एक भर्चुअल अगुवा नेता तथा कार्यकर्ता भेला  मार्फत १३ मुलुकमा समानन्तर समितिको घोषणा गरेका हुन्  ।  

प्रवासी नेपाली मञ्च युके ९नेपालसमूह० का अध्यक्ष राजेन्द्र पुडासैनीका अनुसार यसअघि नेकपा एमालेको भातृसंस्था गठित प्रवासी नेपाली मञ्चलाई पुर्नगठन  गर्दै सो समूहले आफ्नो पक्षको समिति घोषणा गरेको हो ।

भेलाले प्रवासी नेपाली मञ्च जर्मनीमा कृष्ण देवकोटा, स्वीजरल्याण्डमा संजय मुड़भरी, यूकेमा राजेन्द्र पुडासैनी, बेल्जियमा अर्जुन दाहाल, रुसमा डा. मन मुर्ति भुर्तेल, स्वीडेनमा प्रेम गौतम, साईप्रसमा चिन्तन बुढा मगर,  नर्बेमा पशुपति प्रसाद भण्डारी, आयरल्याण्डमा राजन काफ्ले,  पोल्याण्डमा टंक कटुवाल, फिनल्याण्डमा मनोज भुसाल, पोर्तुगलमा रोबोट लिम्बुलाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।

प्रवासी नेपाली मञ्च युकेका अध्यक्ष पुडासैनीका अनुसार विश्वभर रहेका देशमा पुर्नगठन पछि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समिति समेत गठन हुने जानकारी दिए ।भेलालाई सम्बोधन वरिष्ठ नेता नेपाल एमाले उपाध्यक्ष भीम रावल, रामकुमारी झाक्री लगायतका नेताले सम्बोधन गरेका थिए ।  यसअघि नेकपा एमालेको केपी ओली समूहले भक्त गुरुङको नेतृत्वमा विश्वमा ३६ देशमा आफ्नो संगठन विस्तार गरेको थियो ।

प्रकाशित: ३१ चैत्र २०७७ ०९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App