coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारको नेतृत्व कसले गर्छ भन्ने हैन, संविधानलाई बचाएर अघि बढ्ने हो: प्रदीप गिरी

नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले अहिलेको सङ्कटको घडीमा मुलुकलाई निकास दिन राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति कायम गर्न आवश्यक रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद गिरीले राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति कायम गरि निर्वाचनको वातावरण बनाउनेतर्फ दलहरुको ध्यानाकर्षण गराए।

'अहिले राष्ट्रिय सहमति आवश्यक छ,' उनले भने, 'यहाँ प्रश्न सरकारको नेतृत्व कसले गर्छ भन्ने हैन, संविधानलाई बचाएर अघि बढ्ने हो। सहमति गरेर निर्वाचनको वातावरण बनाउनेतर्फ दलहरुको ध्यानाकर्षण गराउँछु।'  

उनले संसद्लाई पूरा अवधिभर चल्न दिएर प्रभावकारी बनाउन पनि माग गरे। 

प्रकाशित: ३० चैत्र २०७७ १०:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App