८ वैशाख २०८१ शनिबार
राजनीति

जनमत पार्टीको अध्यक्षमा डा. सिके राउत निर्वाचित

जनमत पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट डा. सिके राउत अध्यक्ष निर्वाचित भएका छन्। अध्यक्ष पदका एकल उम्मेदवार उनले खसेको कूल चार हजार चार सय ४० मत मध्ये दुई हजार तीन सय २ मत प्राप्त गरेका छन्।

मोहम्मद अब्दुल खान, वसन्त कुशवाहा, दीपककुमार साह र नरेन्द्रप्रसाद चौधरी निर्वाचित भएका छन्। महासचिवमा एकल उम्मेदवार चन्दनकुमार सिंहले एक हजार पाँच सय ७३ मत प्राप्त गरी निर्वाचित भएका छन्। केन्द्रीय सदस्य (खुल्ला समूह) तर्फ २३ जना निर्वाचित भएका छन्। महिला समूहतर्फ १५ जना चयन गर्नुपर्नेमा ८ जनाको मात्र उम्मेदवारी परेको थियो।

जनकपुरधामको बाह्रबिघा मैदानमा शनिबार पदाधिकारी चयन गर्न भएको मतदानको परिणाम आइतबार राति सार्वजनिक गरिएको छ।

प्रकाशित: ३० चैत्र २०७७ ०८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App