८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारले मेलम्चीको पानी देखाएर पेट्रोल र डिजलको भाउ बढायोः सांसद महत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गजेन्द्रबहादुर महतले सरकारले मेलम्चीको पानी देखाएर पेट्रोल र डिजलको भाउ बढाएको आरोप लगाएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महतले सरकारले विकास देखाएर जनतालाई महंगीको मारमा पारेको आरोप लगाएका हुन्।

'मेलम्ची देखाएर पेट्रोल र डिजलको भाउ बढ्यो' उनले भने, 'धरहरा देखाएर डन्डी र सिमेन्टको भाउ बढ्यो।'

उनले सरकारले कोरोना देखाएर जनतालाई ऋणमा डुबाएको पनि उल्लेख गरेका छन्। त्यस्तै, राष्ट्रियवाद देखाएर चुच्चो नक्सा नै गायब पारेको भन्दै यस्तो अवस्थामा सभामुखको मार्फत् सबै जनता र पार्टीको ध्यान पुगोस् भन्ने उनको आग्रह छ।

प्रकाशित: ३० चैत्र २०७७ ०८:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App