coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

थारू र मधेशी आयोगका प्रतिवेदन पेश

प्रतिनिधिसभामा ‘मधेशी र थारू आयोग आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन’ पेश गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदनसमक्ष सो प्रतिवेदन पेश गरेका हुन्।

शोक प्रस्ताव

प्रतिनिधिसभाले राष्ट्रियसभाका पूर्वउपाध्यक्ष ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति एक मिनेट मौनधारण गरी शोक प्रस्ताव पारित गरेको छ। विस २०४८ मा राष्ट्रियसभामा निर्वाचित भई उपाध्यक्षसमेतको जिम्मेवारी सम्हालेका पूर्ववाणिज्य तथा आपूर्ति राज्यमन्त्री प्रधानाङ्गको ९६ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो। मुलुकको शैक्षिक एवं सामाजिक क्षेत्रमा समेत उनको क्रियाशीलता थियो।

बैठकले उनको निधनप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जलि अर्पण गरेको गर्‍यो। सदनले शोकसन्तप्त परिवारप्रति समवेदनासमेत प्रकट गरेको छ। प्रतिनिधिसभाको अर्को बैठक यही चैत ३० गते सोमबार दिनको १ बजे बस्नेछ।

प्रकाशित: २६ चैत्र २०७७ १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App